बेलका र चौदण्डीगढीमा नमुना मतदान सम्पन्न

उदयपुर- जिल्ला निर्वाचन कार्यालय उदयपुरको आयोजनामा जिल्लाको बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ ।
निर्वाचन आयोग नेपालको कार्यक्रम अनुसार जिल्ला निर्वाचन कार्यालय उदयपुरले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बुधबार नमुना मतदान गरेको हो ।
जिल्लाको बेलका र चौदण्डीगढी नगरपालिकाको प्रशासकीय भवन परिसरमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिए ।
बेलका र चौदण्डीगढी नगरपालिकाका मेयर, उपमेयर, कर्मचारी, सेवाग्राहीसहित निर्वाचन आयोगले यसपटक प्रदान गरेको सुविधाअनुसार निर्वाचनमा खटिने सुरक्षाकर्मी र कर्मचारीले प्रतिनिधि सभा तर्फको समानुपातिक तर्फ मत खसालेर नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको थियो ।
नमुना मतदान कार्यक्रम अन्तर्गत बेलका नगरपालिकामा ५८ मत खसेकोमा ८ मत बदर भएको थियो भने चौदण्डीगढी नगरपालिका पनि ५७ मत खसेकोमा ६ मत बदर भएको थियो ।
नमुना मतदान कार्यक्रममा सहभागी भएका मतदाताले पटक-पटक मतदान गर्नुपर्ने भन्दै केही झन्झटिलो रहेको बताए भने केही सहभागीले नमुना मतदानबाट धेरै कुरा सिकेको र उक्त कुरा गाउँ-गाउँमा अन्य मतदातालाई सिकाउन सकिने भएको प्रतिक्रिया दिएका छन् ।
बुधबारबाट सुरु गरिएको नमुना मतदान जिल्लाका सबै पालिकामा गरिने बताइएको छ। बुधबार भएको नमुना मतदानमा १०% भन्दा बढी मत बदर हुनु खुसीको कुरा नरहेको भन्दै यसलाई कम गर्न पनि जिल्लाका सबै पालिकामा नमुना मतदान गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइराला जानकारी दिए ।
नमुना मतदानका सबै विधि र प्रक्रियाहरू अवलम्बन गर्ने गरिन्छ । यो निर्वाचनमा जिल्लाका सबै ८ वटै पालिकामा नमुना मतदान हुँदै छ । जिल्लामा कूल दुई लाख २८ हजार ९ सय ४६ मतदाता छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कूल एक सय १ मतदान स्थल छन् भने दुई सय ६४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुर जनाएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_EhQ8mAWDVO_cksmpa3l3b3akaxd8ciqli5qhcppiltjesoluxt9zpb6rs3ecaoz4eqmifue.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया