ओलीको कारबाहीविरुद्ध नेपालसहितका नेताहरू सर्वाेच्चमा !

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्न लागेको कारबाहीविरुद्ध रिट पेश गरेका छन् । आज बुधबार सर्वाेच्च अदालत पुगेर नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले रिट पेश गरेका हुन् ।
बैशाख १० गते नेकपा एमालेको केन्द्रीय कमिटीले नेपालसहितका नेतालाई कारबाही गर्ने सूचना प्राप्त भएको भएपछि उनीहरुले त्यसलाई रोक्न रिट निवेदन दर्ता प्रक्रियामा गएका हुन् । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईका अनुसार संसदीय दलले स्पष्टीकरण सोधी कारबाही गर्ने मनसाय देखाएको त्यो रोकी पाउँ भनेर रिट पेश भएको छ । उनले रिट दर्ता प्रक्रियामा रहेको जानकारी दिए । केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेत विपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका हुन्।
नेपालसहितका नेताले प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओली, पार्टी महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर रिट पेश गरेका हुन् ।

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

प्रतिक्रिया