छिमेकीको खुकुरी प्रहारबाट खोटाङमा एकको मृत्यु

खोटाङ । छिमेकीको खुकुरी प्रहारबाट खोटाङका एक पुरुषको मृत्यु भएको छ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ४१ वर्षीय राजेन्द्र राईको खुकुरी प्रहारबाट सोमबार राति सोही ठाउँका ३८ वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो । उनीहरू ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित टीका महर्जनको जस्ताको टहरा भाडामा लिएर अलग-अलग कोठामा बस्दै आएका थिए ।
सोमबार राति आफूलाई हेपेर बोलेको, आफ्नी श्रीमतीलाई समेत मुख छाडेर बोलेको विषयमा विवाद हुँदा आवेगमा आएका राजेन्द्रले रामचन्द्रलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट टाउको, अनुहार र बायाँ हातमा चोट लागेका रामचन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने राजेन्द्रलाई प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले राति नै पक्राउ गरेर अनुसन्धान थालिसकेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया