पोग्वाले विश्वकप गुमाउने

काठमाडौँ- फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले कतार विश्वकप २०२२ गुमाउने पक्का भएको छ ।
इटालियन सिरी ए क्लब युभेन्ट्सका मिडफिल्डर पोग्बाले चोटकै कारण नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकप गुमाउने भएका हुन् ।
सन् २०१८ को रुस विश्वकप फ्रान्सले जित्दा नायक साबित भएका पोग्बा यसपटक समेत महत्वपूर्ण सदस्य हुने मानिएको थियो ।
यसै सिजन मात्र इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पूर्वक्लब युभेन्ट्स फर्किएका पोग्बाले घुँडाको चोटका कारण एउटा खेल पनि खेलेका छैनन् ।
फ्रान्सले २२ नोभेम्बरमा अस्ट्रेलियाविरुद्धको खेलसँगै विश्वकपको सुरुआत गर्नेछ । समूह डी मा फ्रान्स, अस्ट्रेलिया,डेनमार्क र ट्युनिसिया रहेका छन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया