सेयर बजार ३२ अंकले खस्किँदा पनि चार कम्पनीको मूल्यमा उछाल

काठमाडौं : सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३२.४१ अंकले खस्किएको छ । १.२२ प्रतिशतले घटेको नेप्से २६३२.२० बिन्दुमा पुगेको हो । म्युचुअल फन्डबाहेक सबै समूहको परिसूचक घटेपछि नेप्से घटेको हो । विकास बैंक समूहको परिसूचक सबैभन्दा ठुलो दरले खस्किएको छ । यो समूहको परिसूचक २.१ प्रतिशतले घटेको छ ।
बैंकिङ समूहको परिसूचक १.३६ प्रतिशतले घटेको छ । अधिकांश समूहको परिसूचक खस्किए पनि चार कम्पनीको सेयर मूल्यमा भने उछाल आएको छ । ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर ८२६ रुपैयाँ कायम भएको छ । महिला लघुवित्तको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९० प्रतितशतले बढेको छ । हिमाल दोलखा ९.८ प्रतिशतले बढेको छ ।
लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा ठुलो अंकमा घटेको छ । ५.१७ प्रतिशतले घटेको यो कम्पनीको सेयर मूल्य ३३० रुपैयाँ कायम भएको छ ।सबैभन्दा बढी सेयर कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यसको २५ करोडको सेयर कारोबार भएको छ । हिमाल दोलखाको सेयर कारोबार २२ करोड रुपैयाँ पुगेको छ ।
बुधबार कूल ५ अर्ब ७७ करोड रुपैयाँ सेयर कारोबार भएको छ । ६६ हजार ४८० पटकको कारोबारमा १ करोड ३७ लाख कित्ता सेयर किनबेच भएको छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया