बझाङमा ६ वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

धनगढी- बझाङमा ६ वर्षीया बालिका बलात्कार आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडितहरूले गत भदौ ९ गते सार्कीले ती बालिकालाई 'चक्लेट, बिस्कुट दिन्छु' भन्दै ललाई फकाई ३ पटक लगातार बलात्कार गरेको बताएका हुन् । खेतमा जाँदा बालिका सार्कीलाई देखेर डराउँदै लुकेपछि उनलाई किन डराएको भनी सोध्दा बालिकाले घटनाबारे बताएको बताइएको छ ।
बालिकाकी आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको पीडित बालिकाको परिवारले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङले सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । कार्यालयका अनुसार बालिकाको स्वास्थ्य परीक्षण भइसकेको र योनीमा चोट लागेको देखिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया