मोरङमा १४ वर्षीय किशाेरको हत्या, पाँच जना पक्राउ

विराटनगर- मोरङको उर्लाबारीमा १४ वर्षीय किशाेरको हत्या भएको छ । आइतबार राति दमक नगरपालिका-१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका पाँच जना १८ वर्षमुनिका किशोर छन् ।
पक्राउ परेकाहरूले पूर्व रिसइसवी र मेलामा मुख छाडेको निहुँमा छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ र झापाको सीमा भएर बग्ने मावा खोलाको उर्लाबारी नगरपालिका वडा–७ खण्डमा लागेको छठ मेलामा श्रेष्ठमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया