हामी नभए अरु को त ?

हामी नभए अरु को त ?
हामी नभए अरु को त ?
पच्चीस वर्षअघि
शेरलाई जंगलमा एम्बुस थाप्या हो
शेरले पनि टाउका मोल तोक्या हो त
एकअर्काका कार्यकर्ता छानीछानी ठोक्या हो
राजतन्त्र फ्याल्न एकअर्कालाई हाम्ले बोक्या हो त
हामी नभए अरु को त ?
हामी नभए अरु को त ?
पाँच वर्षअघि
सारा बाम एक ठामको नारा
हामीले बेच्या हो त
समृद्धि र स्थायित्वको
मिठो सपना हामीले बेच्या हो त
कुर्सी नमिल्दा २/३ को हाम्रो सरकार गिर्याे
के भो त ?
कुरो नमिल्दा दुई-दुई पटक ससंद ढालियो
के भो त ?
हामी नभए अरु को त ?
हामी नभए अरु को त ?
यसपालि
छाताले सूर्य छेक्दै
हसियाँ हथाैडा र कलमले रुखलाई टेको लाउने रे
राजतान्त्रिक हलो जोतेर
कम्रेडहरुले गणतान्त्रिक सम्बी(धान) फलाउने रे
कमलकाजीले सूर्य बोक्छन्
भिमकाजी यसपालि बस्छन घर
के भो त ?
देश प्रयोगशाला न हो
नयाँ नयाँ प्रयोगहरु हुँदै गर्छन्
के भो त ?
८० वर्ष पुगे पनि, सभामा र्याल चुहाए पनि
देश हाँक्ने हामीनै हो अरु को त ?
बीबेकका बिर्कोहरु बन्द भएपछि
जित्ने आखिर हामीले नै हो
अरु को त ?
हामी नभए अरु को त ?
हामी नभए अरु को त ?
(के मंसिर ४ ले हामी नभए अरु को त को जवाफ देलान् हेर्न बाँकी छ)
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया