बिदापछिको पहिलो कारोबारमा १६ अंकले बढ्यो सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १६ अंकले बढेको छ। तिहार, छठ पछिको पहिलो कारोबारमा सेयर बजार परिसूचक १६.३९ अंकले उकालो लागेको हो । कात्तिकमा अन्तिम कारोबारको दिन नेप्से सूचक १८५८.४९ विन्दुमा बन्द भएको सेयर बजार परिसूचक आज १६ अंक बढेर १८७४.८७ मा उक्लिएको छ ।
आज बजार परिसूचक ०.८८ प्रतिशत तथा 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ४.९३ बढेर ३७०.८६ अंकमा उक्लिएको छ।
१६ अंकले बजार बढ्दा सोमबार २२४ कम्पनीको ६९ करोड ७३ लाख १७ हजार ६ सय ११ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। २५ लाख ७४ हजार ९ सय ७५ कित्ता सेयर १७ हजार ७ सय ४८ पटकमा खरिद बिक्री भएको छ । दोहोरो अंकले बजार बढ्दा सोमबार विकास बैंक बाहेक बाँकी १२ समूहको सेयर मूल्य बढेको छ। विकास बैंक समूह भने ०.३९ प्रतिशतले घटेको छ ।
बजार बढ्दा कारोबार भएका मध्ये ११० कम्पनीको सेयर मूल्य बढेको छ। भने ६५ कम्पनीको सेयर मूल्य घटेको छ। आज सयपत्रि हाइड्रो लिमिटेडको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया