ट्वीटरको 'ब्लु-टिक' बापत मासिक २० डलर तिर्नुपर्ने

काठमाडौँ- सामाजिक सञ्जाल ट्वीटरले अब भेरिफाइ भएका अकाउण्टको मासिक शुल्क तिर्नुपर्ने भएको छ। एलन मस्क आफ्नो स्वमित्वमा लिएपछि ब्लु मार्क (निलो टिक) भएका प्रयोगकर्तासँग मासिक शुल्क उठाउने तयारी गरेको हो । ट्वीटरमा ब्लु मार्क भएका प्रयोगकर्ताले ९० दिनभित्र १९.९९ डलर शुल्क नतिरे उनीहरूको ब्लु टिक हट्ने दभर्जले उल्लेख गरेको छ ।
ट्वीटरमा एक व्यक्तिले लोकप्रिय हुनुका साथै ठूला मिडियामा फिचर भइसकेको र बढी सब्स्क्राइबर हुँदा पनि ट्वीटरबाट अकाउन्ट भेरिफाइ नभएको भन्दै एक व्यक्तिले गुनासो गरेका थिए । सो ट्वीटको ट्वीटको रिप्लाईमा मस्कले ट्वीटर ह्यान्डल भेरिफिकेसनको प्रक्रिया तत्कालै परिमार्जन भइरहेको भन्दै ट्वीटको उत्तर फर्काएका थिए।
ट्वीटरले अन्य फिचरहरू समावेश भएको ट्वीटर ब्लुका लागि मासिक शुल्क ४.९९ डलर शुल्क कायम गरेको थियो । ट्वीटर ब्लुलाई ट्वीटरको प्रिमियम सेवा मानेको छ । त्यसै अन्तर्गत कम्पनीले ट्वीटर ब्लुको सब्सक्रिप्सन बढाएर प्रतिमहिना १९.९९ डलर पुर्याउने योजना बनाइरहेको छ ।
ट्वीटरको भेरिफिकेसन ब्याच पनि प्रिमियम सेवाअन्तर्गत पर्ने भएकाले ब्लु टिक पाएका प्रयोगकर्ता स्वतः प्रति महिना तोकिएको शुल्क तिर्नुपर्ने हुन्छ । यो परियोजनामा काम गरिरहेका कर्मचारीलाई आइतबारबाट उक्त काम सुरु गर्न भनिएको छ । कम्पनीको आम्दानी बढाउनका लागि मस्क प्रिमियम सब्स्क्राइबर बढाउने तरखरमा छन् ।

गुगलको जेमिनी एआई आइफोनमा आउने पक्का

के तपाईंलाई थाहा छ ? इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड…

भारतले एक्सलाई भन्यो- ८ हजार खाता ब्लक गर्नू, नभए कारबाही भोग्नू

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० मिलियन यूरो …

प्रतिक्रिया