नेपालगञ्ज लकडाउन भएपछि पर्यटन गतिविधिमा धक्का
होटल बन्द हुँदै, पर्यटकको संख्या स्वात्तै घट्यो

काठमाडौँ : कोभिड-१९ को दोस्रो लहरसँगै नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउन सुरु गरेपछि पश्चिम नेपालको पर्यटनमा गम्भीर धक्का लागेको छ । नेपालगञ्जमा बुधबारसम्म कोभिड-१९ संक्रमितको संख्या सात ३५ पुगेको छ । संक्रमितले गर्दा नेपालगञ्जका धेरैजसो अस्पतालका बेड भरिएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपहानगरपालिकामा लकडाउन घोषणा गरेपछि पर्यटन गतिविधि रोकिएका हुन् । संक्रमणको जोखिमले होटल बन्द हुँदै गएका छन् । भारतबाट आउने पर्यटक रोकिएका छन् । यद्यपी हवाई उडान र लामो दूरीका यातायातका साधन भने सञ्चालनमा रहनेछन् ।
लकडाउनका कारण नेपालगञ्ज भएर बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णालीको रारा ताल र सुदुरपश्चिमको खप्तड जाने पर्यटक अन्योलमा परेका छन् । रारा जाने पर्यटकको संख्या स्वात्तै घटेको छ ।
कोभिड १९ जोखिम र लकडाउनका कारण नेपालगञ्जका होटल बन्द हुन थालेका नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए । उनका अनुसार नेपालगञ्ज भएर बाँके, बर्दिया, सुर्खेत रारादेखि सुदुरपश्चिमका विभिन्न ठाउँमा जाने पर्यटकले बुकिङ रद्द गर्न थालेका छन् ।
‘नेपालगञ्जमा लकडाउन भएपछि पर्यटन गतिविधि रोकिन थालेका छन्’ उनले भने, ‘केही होटल पनि बन्द हुन थालेका छन् । अब कोभिडको यो दोस्रो लहरले पर्यटनमा थप समस्या निम्त्याउँछ । तर यसको समाधान पनि खोज्नुपर्छ ।’
गएको वर्षको कोभिडले ठप्प भएको पर्यटन बाँके र बर्दियामा नाट्टाको पहलमा भएका गतिविधिले उकासिएको थियो । टुर दी ठाकुरद्वारा अभियान लगायतका कार्यक्रमले नेपालगञ्ज-पोखरा सिधा उडान सुरु भएको थियो ।
यस्तै रारा र खप्तडका लागि पनि पर्यटक बोक्ने उडान बढेका थिए । तर कोभिड-१९ को दोस्रो लहरले भने यो समस्या थप बढेको छ । नाट्टाले सुरु गरेको पोखरा–नेपालगञ्ज उडान अर्को हप्तादेखि के गर्ने ? भन्ने अन्योल थपिएको सिग्देलले बताए ।
कोभिड-१९ जोखिमका कारण बुद्ध एयरले सुरु गर्ने भनेको नेपालगञ्ज–पोखरा उडान सुचारु गर्न सकेको छैन ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया