हेमन्तको गीतमा धोका दिने मायालुको सम्झना

काठमाडौँ- गायक हेमन्त शर्माको नयाँ गीत बजारमा आएको छ । आइतबार सार्वजनिक गरेको गीत मार्फत गायक शर्माले धोका दिने मायालुको सम्झना गरेका छन्। उनले गीतमा धोकाप्रति पनि कृतज्ञता प्रकट गरेका छन्। सार्वजनिक गीतमा शब्द तथा संगीत पनि गायक शर्माकै सुन्न सकिन्छ।
गीतमा संगीत संयोजन भने कमल थापा मगरले गरेका छन्। गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियो निकेश खड्काले निर्देशन गरेका छन्। स्रेश थापाको छायांकन रहेको गीतको भिडियो सम्पादन विकास धमलाले गरेका छन्। गीतको म्यूजिक भिडियोमा गायक शर्माका साथमा मोडल समिक्षा क्षेत्रीले अभिनय गरेका छन्।
गीत मार्फत गायक शर्माले छुटेर जानेको खुशीको कामना गरेका छन्। उनले व्यवहार परिवर्तन भएपनि, माया गर्ने मान्छे अर्कैको भए पनि माया सधैं उस्तै रहने गीत तथा गीतको म्यूजिक भिडियो मार्फत व्यक्त गरेका छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया