भारतमा करिब तीन लाख संक्रमित थपिए, २४ घण्टामा दुई हजार बढीको मृत्यु

नयाँ दिल्ली : भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति सङ्क्रमित भएका छन् ।
बुधबार एक दिनमा भारतमा दुई लाख ९५ हजारमा कोभिड–१९ सङ्क्रमण देखिएको हो । कोरोना माहामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।
सोही अवधीमा कोभिड–१९बाट २ हजार २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोभिड–१९बाट मृत्यु हुने व्यक्तिको १ लाख ८२ हजार ५५३ जना पुगेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार देशवासीको नाममा गरेको सम्बोधनमा देशका १ करोड ३० लाख व्यक्तिले फेरि एक पटक कोभिड १९ सँग लडाइ गरिरहेका बताए ।
केही साता अगाडिसम्म अवस्था नियन्त्रणमा रहेको र पुनः दोस्रो लहर आएपछि गाह्रो हुन थालेको पनि मोदीले बताए । भारतमा गत जनवरी १६ बाट कोभिड–१९ विरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड लाख व्यक्तिले खोप लगाएका छन् । कोभिड–१९ को महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फकोभिड–१९विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।
भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा मङ्गलबार मात्रै १६ लाख ३९ हजार ३५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड १० लाख ५३ हजारभन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषद्ले उल्लेख गरेको छ ।

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

प्रतिक्रिया