प्रदेश सरकारको मूर्तिमोह : गोसाइँकुण्डमा पनि २७ फिट अग्लो शिवमूर्ति !

रसुवा : नीलकण्ठ विराजमान तीर्थस्थल गोसाइँकुण्डमा शिवको मूर्ति राखिने भएको छ । साताव्यापी पालिका अध्यक्ष कप फुटबल तथा भलिबल प्रतियोगिताको समापनका अवसरमा गोसाइँकुण्ड गाउँपालिका पुगेर वाग्मती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले २७ फिट अग्लो मूर्ति प्रतिस्थापन गर्ने गृहकार्य अगाडि बढेको जानकारी दिएका छन् ।
तीर्थको पश्चिमतर्फ अमरसिंह थापाले शहादत प्राप्त गरेको स्थानमा पनि अमर शालिक राख्न बोलपत्र प्रक्रिया अगाडि बढेको बताइएको छ । धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले चालेको कदम र वातावरण विज्ञले तयार पारेको कार्यविधि कहिले स्वीकृत हुन्छ भन्ने राससका प्रश्नमा मन्त्री फुयाँलले प्राकृतिक सम्पदाको संरक्षणको अध्ययन गरी कार्यविधि स्वीकृत हुने जानकारी दिए ।
प्रदेश सरकारले गोसाइँकुण्ड बृहत् गुरुयोजना बनाइसकेको र पूर्वाधार विकासमन्त्री फुयाँलले बोलेका कुरा कार्यान्वयन गर्न धमाधम अगाडि बढिरहेको जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भटृले बताए । समारोहमा गोसाइँकुण्ड गाउँपालिकाले आयोजना गरेको भलिबल तथा फुटबल खेलका विजेतालाई गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ र लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले मङ्गलबार ट्रफी, नगद तथा प्रमाणपत्र वितरण गरे ।

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

प्रतिक्रिया