कोभिड–१९ सङ्क्रमित ७४ वर्षे पुरुषको होम आइसोलेसनमै मृत्यु

हेटौंडा : मकवानपुरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेका एक बृद्धको मृत्यु भएको छ । होम आइसोलेसनमा बस्दै आएका ७४ वर्षे पुरुषको मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।
बैशाख ५ गते पीसीआर परीक्षण गर्दा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि बृद्ध हेटौंडा–४, कर्रास्थित होम आइसोलेसनमा बस्दै आएका थिए । यो मृत्युसँगै हालसम्म हेटौंडामा २७ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।
मकवानपुर जिल्लामा भने हालसम्म ३३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । मकवानपुरमा संस्थागत आइसोलेसनको व्यस्थापन नहुँदा सङ्क्रमितहरु होम आइसोलेसनमै बस्दै आएका छन् ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया