जुम्लामा बाढीपहिरोले अवरुद्ध राष्ट्रिय प्रशारणलाइन सञ्चालनमा

जुम्ला- बाढी पहिरोले अवरुद्ध भएको राष्ट्रिय प्रशारण लाइन सञ्चालनमा आएको छ । कर्णाली राजमार्गसँगै विद्युतसमेत अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।
बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति हुन सकेको थिएन । तर, निरन्तरको कामले विद्युत सूचारु गर्न सफल भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण जुम्लाका प्रमुख नरेशदत्त रावलका अनुसार क्षति भएको स्थानमा मर्मतको काम सकिएपछि अहिले जुम्लामा सबै स्थानमा विद्युत आपूर्ति भएको छ । आधा महिना बढी समयसम्म विद्युत अवरुद्ध हुँदा जुम्ला अँध्यारो भएको थियो ।
नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवी साना जलविद्युत आयोजनाको बिजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाइएको थियो ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया