हेटौंडाको तरकारी बजारमा आगलागी

मकवानपुर- हेटौंडा उपमहानगरपालिकामा वडा नम्बर–१० मा रहेको तरकारी बजारमा बिहीबार आगलागी भएको छ । हेटौंडा १० स्थित टिसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको हो । टिसिएन तरकारी बजारसँगै रहेको एक होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको मकवानपुर प्रहरीले जनाएको छ ।
तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीय बासिन्दाहरूको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । प्रहरीका अनुसार आगलागीबाट आधा दर्जन बढी तरकारी पसल जलेर नष्ट हुनुका साथै लाखौ रुपैयाँ बराबरको सामान क्षति भएको छ ।
तरकारी बजार लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दमकल, एक्साभेटर, सशस्त्र, जनपथ प्रहरी, स्थानीयहरुको सक्रियतामा करिब एक घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया