सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे भरिए

लमजुङ- लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीमा समेत बढ्न थालेको छ । दसैँमा हुने लामो बिदामा धेरै व्यक्ति विभिन्न स्थानमा घुम्न निस्किन्छन् ।

लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैं मनाउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ । दसैं र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर लागेका छन् ।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला  तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । 'बिदा मनाउनका लागि समूह-समूह बनेर आउने क्रम जारी छ,' काउलेपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले भने, ‘गाउँका सबै होमस्टे घरहरू पर्यटकले भरिएका छन् ।’

उनका अनुसार होमस्टेमा दसैँ मनाउनका लागि ५०/६० जना आन्तरिक पर्यटक आएका छन् ।