गौरिका र प्रकाश कोइराला फोर्ब्सको सूचीमा

काठमाडौं : नेपालका दुई युवा फोर्ब्स म्यागाजिनको सूचीमा परेका छन् । एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालबाट खेलाडी गौरिका सिंह र युवा अभियान्ता प्रकाश कोइराला परेका हुन् ।
‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह एसियाका ३० प्रभावशाली युवाको सूचीमा परेकी हुन् । यस्तै ‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा प्रकाश कोइरालाले एसियाका ३० युवामा आफ्नो नाम लेखाएका हुन् । फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरु समावेश गरिन्छ ।
गौरिका सिंह पछिल्लो ९ वर्षदेखि पौडी खेल्दै आएकी छन् । उनले विभिन्न उपाधिहरु जितेकी छन् । यस्तै सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका अभियान्ता प्रकाश कोइराला पनि यो सूचीमा परेका छन् । फिनलिट नेपालका संस्थापकरहेका उनी कमजोर आय भएका मानिसलार्य आधारभूत वित्तीय शिक्षा प्रदान गर्दै आएका छन् फोब्र्सले उल्लेख गरेको छ ।
गौरिका र कोइराला यो सूचीमा परेपछि अरु युवाहरुमा पनि प्रेरणा थपिएको छ ।

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

प्रतिक्रिया