मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर- मोटरसाइकलको ठक्करमा परि मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ मा एक जनाको मृत्यु भएको छ ।
धरान चतरा सडकखण्ड अन्तरगत हेटौडाबाट ठुलोदमार तर्फ जादै गरेको बा ५८ प ५६५४ नम्बरको मोटरसाइकलले पैदल यात्री हेटौंडा १८ रामधुनीका ३५ वर्षीय विनोद रमतेललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका रम्तेलको उपचारको क्रममा हेटौँडामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले बताए ।
चाडपर्वको समयमा तिव्र गतिमा सवारी नलचाउन प्रहरीले अनुरोध गर्दै टाइम कार्ड लागू गरेको छ, तर मोटरसाइकलहरूमा हुने तिव्र गति प्रहरीले पनि रोक्न सकेको छैन ।

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

प्रतिक्रिया