रहेनन् पत्रकार राना

बुटवल- रुपन्देहीलाई कार्यक्षेत्र बनाएर बुटवलबाट पत्रकारिता गर्दै आएका पत्रकार टेक मास्की रानाको निधन भएको छ । रानाको बुधबार बिहान निधन भएको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बताए ।
स्याङजा स्थायी घर भएका राना लामो समयदेखि डेंगु तथा निमोनियाका बिरामी थिए । उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो । डेंगु र निमोनियाका बिरामी उनको उपचारका लागि पत्रकार महासंघले सक्रिय भूमिका निर्वाह गरिरहेको थियो ।
उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि बचाउन नसकेको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष पोखरेलले दुःख व्यक्त गरे । दुई दशकभन्दा लामो पत्रकारिता गरेका राना नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्व कार्यसमिति सदस्य, लुम्बिनी प्रदेश समिति सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख थिए । केहि वर्ष अघि मात्रै श्रीमती गुमाएका रानाको एक छोरा २ छोरी छन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया