रामदानका अवसरमा एक हजार सात सय कैदी जेलमुक्त

काएरो : मुसलमानहरूको पवित्र पर्ब रामदानको अवसरमा इजिप्टले देशभरका विभिन्न जेलमा थुनामा रहेका करिब एक हजार ७०० व्यक्तिलाई मङ्गलबार जेलमुक्त गरेको छ ।
पवित्र महिना रामदानको अवसरमा जेलमा रहेका तर आचरणमा सुधार देखिएका व्यक्तिलाई कैद मिनाहाका लागि राष्ट्रपतिको निर्देशनमार्फत् रिहाइ गरिएको हो ।
जेलमा रहँदा आचरणमा सुधार आएका र दुई तिहाई जेल जीवन बिताइसकेका कैदीलाई कैँद मिनाह गर्ने अन्तर्राष्ट्रिय परम्परा रहेको छ ।
इजिप्टमा जस्तै विश्वका अन्य मुलुकमा पनि पर्व र धार्मिक तथा सांस्कृतिक लामो बिदाको अवसरमा दुई तिहाइ कैद भूक्तानी गरिसकेका कैँदीहरूलाई बाँकी कैद सजाय मिनाह गरी रिहाइ गर्ने प्रचलन चल्दै आएको छ । इजिप्टले रमादान र स्वतन्त्रता दिबस (जुलाई २३) का अवसरमा कैदीहरूको बाँकी जेल अवधि मिनाह गर्ने र सुधार देखिएका उनीहरूको रिहाई गर्ने प्रचलन बर्षोँदेखि चल्दै आएको छ ।
इजिप्टको संविधानअनुसार शसस्त्र विद्रोह, आतङ्कवाद, बदला हत्या र लागु पदार्थ हिरोइनको कारोबारमा सम्लग्न भई जेल परेका कैदीको बाहेक अन्य मुद्दामा जेल परेका कैदीको जेल मिनाह गर्ने अधिकार राष्ट्रपतिमा निहित छ । (सिन्ह्वा)

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

प्रतिक्रिया