६२ स्रष्टालाई अवार्ड

काठमाडौंः गीतसंगीत, चित्रकला र सौन्दर्य कलामा क्रियाशील रहेका व्यक्तित्वलाइ नेपाली आर्ट, कल्चर एन्ड म्यूजिक अवार्ड २०७७ प्रदान गरिएको छ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कार्यक्रममा ६२ विधामा अवार्ड प्रदान गरेका हुन् ।
कार्यक्रममा सहभागी भएका कलाकारहरुमध्येबाट निर्णायकहरुले उत्कृष्ट १ घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न ६२ विधामा अवार्ड प्रदान गरिएको थियो । सोना अमात्यले सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड चुम्न सफल भइन् । आभास श्रेष्ठले सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड हात पारे । आधुनिक संगीतकारको अवार्ड विकास चौधरी र आधुनिक गीतकारको अवार्ड हरि उप्रेतीले पाए ।
त्यस्तै उत्कृष्ट दशैं गीत गायक लोक पौडेल भए भने उत्कृष्ट मौलिक गायिका सुनिला गुरुङ भइन् । त्यस्तै मानसराजले सर्वोत्कृष्ट पप गायकको अवार्ड चुमे । गायिका लक्ष्मी पुरीले सर्वोत्कृष्ट पप गायिकाको अवार्ड जितिन । कृष्ण केसी सर्वोत्कृष्ट लोकदोहोरी गायक भए । सविता परियारले सर्वोत्कृष्ट लोकदोहोरी गायिका भइन् । यस वर्षको पपुलर मोडल रिना थापा र दर्शक स्रोताहरुले मन पराउने आधारमा वर्षको पब्लिक च्वाइस अवार्ड सुरेन्द्र कुमार दाहाल (एसके दाहाल)ले हात पारे ।
पपुलर लोकदोहोरी गायिका सिता केसी र लबकुमार भट्ट लोकप्रिय लोकगायकको अवार्ड हात पारे । आधुनिकतर्फ पपुलर गायिका सुजाता केसीले र तिजतर्फको पपुलर गायिकाको अवार्ड कोपिला गौतमले जिते । सर्वोत्कृष्ट आधुनिक युगल गायनको अवार्ड शिखर सन्तोष र सुष्मा पूर्णिमा अर्यालले र पूर्वेली युगल गायनमा मेनुका राई र युवा राईले अवार्ड जिते ।
आधुनिक, लोकदोहोरी, पप, लोकपप, आधुनिक पप, दशैं गीत, तिज गीत र पूर्वेली गीत गरि ६२ विधाका स्रष्टा र सिर्जनालाई अवार्ड प्रदान गरिएको हो । अवार्ड वितरण कार्यक्रममा सौन्दर्य व्यवसाय, समाजसेवी, कलाकार, गीतकार, खेलाडी, पत्रकार लगायत २० जना समाजमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

बाहुबलीः २ पुनः विश्वब्यापी रिलिज गरिँदै

‘होस्टेल ३’ले रञ्जना सिनेमा हलमा मनायो ५१ दिन, विशेष कार्यक्रममा कलाकार र टि…

प्रतिक्रिया