प्रदेश-१ थपिए ९७ संक्रमित

विराटनगर : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश-१ मा आज ९७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा ५५ मध्ये विराटनगरमा १६ महिला र ३१ पुरुष छन् भने झापामा १२, सुनसरीमा २४, खोटाङमा एक र प्रदेश बाहिरका पाँच जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ३० हजार ७९९ पुगेको छ भने सङ्क्रमितमध्ये २९ हजार ९२३ जना सङ्क्रमण मुक्त भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या ४०४ पुगेको छ ।
आज ५२८ जनाको पीसीआर परीक्षण गर्दा ३४ महिला ६३ पुरुषमा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । सोमबार विराटनगरमा १० महिला र १४ पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । (रासस)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया