बैंकको व्याजदरले डिप्रेसनको खतरा

भक्तपुर- बैंकको चर्को व्याजदरले व्यवसायीहरूमा डिप्रेसनको खतरा भएको सरोकारवालाहरूले बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघले दीपावली, नेपाल संवत ११४३ को अवसरमा आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
संघका भक्तपुर अध्यक्ष शिवप्रसाद मानन्धरले बैंकले मनपरी ब्याज बढाउँदा व्यवसायीहरुलाई डिप्रेसन हुन थालेको बताए । ‘हामीलाई राति निद्रा लाग्न छोडेको छ,’ उनले भने, ‘यही कारण व्यवसायी पलायन र व्यवसाय नै धराशयी हुने अवस्था आयो ।’
बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदरले लगानी गर्न व्यापारी तथा व्यवसायीहरुलाई निरुत्साहित गर्ने भन्दै उनले वाणिज्य बैंकहरुलाई ज्ञापनपत्रसमेत बुझाएको स्मरण गरे । संघको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सम्मिलित टोलीले भक्तपुरस्थित विभिन्न वाणिज्य बैंकका शाखामार्फत ज्ञापनपत्र बुझाएको उनले सुनाए ।
मानन्धरका अनुसार बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, मेघा बैंक, नबिल बैंक, एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंकका भक्तपुरस्थित शाखाका शाखा प्रमुखहरुलाई ज्ञापनपत्र बुझाइएको छ ।

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

एनसीएचएल र एण्ट इन्टरनेशनलद्वारा क्रस–बोर्डर क्यूआर भुक्तानी मार्फत पर्यटन क्षेत्रल…

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

आजका लागि विदेशी मुद्राको विनिमय दर

कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

एनएमबि बैंकद्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

प्रतिक्रिया