विजेनस हुँदाहुँदै बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
हेटौंडाः बागमती प्रदेश सरकारले विजनेस हुँदाहुँदै प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशनको अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । प्रदेश प्रमुख विष्णु प्रसाईले आज राति १२ बजेबाट लागू हुनेगरी अधिवेशन अन्त्य गरेका छन् ।
प्रदेश सभा सञ्चालन गर्न पर्याप्त विजनेस हुँदाहुँदै प्रदेश सभाको अन्त्य गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् । प्रदेश सभामा सडकसम्बन्धी विधेयक समितिमा छ भने पर्यटनसम्बन्धी विधेयक टेबुल हुन बाँकी थियो । यस्तै महालेखापरीक्षकको प्रतिवेदन, लोकसेवा आयोगको प्रतिवेदन, न्यायाधिवक्ता कार्यालयको प्रतिवेदन संसदमा पेस हुन नसकेको सभामुख श्रेष्ठले जानकारी दिए ।
पटक-पटक संसद् चल्ने वातावरण नबन्दा प्रदेश सभाले नियमित कार्य अघि बढाउन नसकेको उनको भनाइ छ । प्रदेश सभाको सातौं अधिवेशनको अन्त्य गर्नु अगाडि सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले ललितपुरमा सर्वदलीय बैठक बोलाएका थिए । बैठक माओवादी, कांग्रेस, विवेकशील साझा पार्टीले बहिस्कार गरेका थिए ।
बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका प्रदेश सांसद सुरेन्द्रराज गोसाईले अधिवेशन अन्त्यबारे छलफल नभएको जानकारी दिए । उनले संसद् भनेकै प्रतिपक्ष र विपक्षको रहेको भन्दै संसद् चल्ने वातावरण सरकारले बनाउनुपर्ने बताए । प्रदेश सभा संचालन गर्न नसक्नु सरकारको कमजोरी भएको उनको भनाइ छ । उनले बागमती प्रदेश सरकार संसद्बाट भाग्न खोजेको आरोप लगाए । संसद्मा विद्युतीय बस खरिद प्रक्रिया रोक्न माग गर्दै र मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने मन्त्रिपरिष्दको निर्णय फिर्ता लिन प्रमुख प्रतिपक्ष दल माओवादीले संसद अवरुद्ध पार्दै आएको थियो ।
सांसद गोसाईले प्रदेश सरकारले केन्द्र सरकारको सिको गर्दा संघीयता अगाडी नबढ्ने ठोकुवा गरे । उनले प्रदेश सरकार फेल हुने दाबी समेत गरे । ‘कोभिडको यस्तो समयमा अधिवेशन अन्त्य गर्नु भनेको जनताको आवाज सरकारले नसुन्नु हो,’ उनले भने । प्रदेश सरकारले जनताको आवाज सुन्ने वातावरण मिलाउने समयमा अधिवेशन अन्त्य गरेकोमा उनले दुःख व्यक्त गरे ।
कांग्रेसका सचेतक छिरिङ दार्जे लामाले भने प्रदेश सरकारले हिउदे अधिवेशनको अन्त्य गर्ने अनुमान नै नगरेको बताए । यसअघि उनले सोमबार बोलाइएको सर्वदलीय बैठकमा ढिलो खबरको आएको र अन्य दलको नेताहरू सहभागी नहुने भएपछि नगएको जानकारी दिए । उनले बैठक सार्न आग्रह गरेको बताए ।
प्रमुख प्रतिपक्ष दल मओवादीले प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव लिएर जानेबारे कुनै पनि समन्वय कांग्रेससँग नगरेको उनले बताए । बागमती प्रदेश सभामा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने र कांग्रेसले साथ दिने अनुमान थियो ।
बागमती प्रदेशमा एमाले एक देखिए पनि माधव नेपाल समूह र ओलि समूहले छुट्टाछुट्टै गतिविधिहरु अगाडि बढाउँदै आइरहेका छन् । बागमती प्रदेश सभामा नेकपा एमालेको ५७ सांसद छन् । माओवादी २३, कांग्रेस २२, विवेकशील साझा ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र १ सांसद छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया