सेयर बजार १४.३५ अंकले बढ्याे, साेमबारदेखि एक साताका लागि कारोबार बन्द

काठमाडौँ- नेप्से परिसूचक आइतबार उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा पुगेको छ । क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ ।
सेन्सेटिभ इन्डेक्सको २.८८ अंकले बढेर ३६५.९३ विन्दुमा पुगेको हो । साथै १३५ कम्पनीको मूल्य बढ्दा ३९ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनी स्थिर छ ।
कूल २२१ वटा कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार भएको १३ उपसमूहमध्ये होटल तथा पर्यटन १९.९४ र म्युचुअल फण्ड ०.०४ ले घट्दा बाँकी सबै उपसमूह उकालो लागेको छ।
सबैभन्दा धेरै नन लाइफ इन्स्योरेन्स ९०.०९ अकंले बढेको छ । एभरेष्ट बैंक लिमिटेडको ५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल बैंक लि. को ३ करोड ३८ लाख ८० हजार रुपैयाँले कारोबार भएको नेप्से परिसूचकले जनाएको छ ।
तिहारअघि सेयर कारोबार गर्ने आइतबार अन्तिम दिन हो । सोमबारदेखि तिहारको बिदा सुरु हुँदैछ । तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से एक साताका लागि बन्द रहनेछ । अब नेप्से १४ कात्तिकमा खुल्नेछ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया