मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

देश गम्भीर मोडमा छ : प्रधानमन्त्री

कैलाली- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आबद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्ताे बताएका हुन् । 

चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै देउवाले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन आजको आवश्यकता रहेको बताए । 

देउवाले २००७ सालदेखि गणतन्त्र, संविधान बचाउनका लागि लड्दै आएकाले गठबन्धनलाई जिताउन जरुरी रहेको बताए । 

उनले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका छन् ।