सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।
गत असोज २० पक्राउ परेका उनी प्रहरी वृत्त गौशालाको न्यायिक हिरासतमा छन् । आइतबार चौथोपटक म्याद थप्दै थप दुई दिन उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।
आइतबार म्याद थपका लागि सन्दीपलाई अदालत लगिएको थियो । यसअघि पहिलोपटक सात दिन, दोस्रोपटक पाँच दिन र तेस्रोपटक चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले आइतबार चौथोपटक थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो ।
गत भदौ २१ मा एक नाबालिगमाथि बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गएको उजुरी परेको थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया