मार्तडी जोड्ने सडक आजदेखि सञ्चालनमा

कैलाली- करिब साढे तीन महिनादेखि अवरुद्ध अछामको साफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडी जोड्ने सडक आजदेखि सञ्चालनमा आएको छ ।
सडक डिभिजन साफेबगर अछामका डिभिजन प्रमुख विबशबाबु सदादेवले बाजुराको बुडिगंगा नगरपालिका अन्तर्गत पर्ने सडक खण्डको मर्मत कार्य सकिएकाले साना सवारीसाधन सञ्चालनमा आएको बताए । उनले गत असारको मध्यतिर आएको पानीका कारण सडक भासिँदा आवातजावत अवरुद्ध भएको बताए ।
करिब ८ सय मिटर सडकको मर्मत कार्य पश्चात् साना सवारीसाधन सञ्चालनमा आएको बताउँदै डिभिजन प्रमुख सदादेवले २/३ दिनभित्रै सडक पुर्ण रुपमा सञ्चालनमा आउने बताए ।
सडक अवरुद्ध हुँदा बाजुरामा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको अभाव भएको थियो ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया