थप १ हजार ७३६ जनामा कोभिड-१९ संक्रमण, ११ को मृत्यु

काठमाडौँ : नेपालमा मंगलबार थप १ हजार ७३६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको आठ हजार ५५ पीसीआर परीक्षणका क्रममा १हजार ६६७ जना र ६८३ वटा एन्टीजेन परीक्षणका क्रममा ६९ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार यो संगै नेपालमा संक्रमितको संख्या दुई लाख ८७ हजार ५६७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा तीन हजार १ सय दुई जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप २५१ जना संक्रमित निको हुँदा नेपालमा हालसम्म दुई लाख ७५ हजार ८०६ जना संक्रमित निको भएका छन् । हाल नेपालमा आठ हजार ६ सय ५९ जना आइशोलेशन र ९२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २३ लाख ६० हजार ५५७ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

प्रतिक्रिया