शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

थप ४३ जनामा कोभिड संक्रमण

काठमाडौँ- नेपालमा थप ४३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ सय ३५ पिसिआर परीक्षणका क्रममा ४३ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन भने थप ४८ संक्रमित काेभिडमुक्त भएका छन् ।

हाल नेपालमा ७ सय १६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।