सुदूरपश्चिम प्रदेशसभा : सातौँ अधिवेशन अन्त्य

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन(हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सातौँ अधिवेशन अन्त्य गरिएकोसम्बन्धी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेकी हुन् । गएको माघ २६ गते सुरु भएको यो अधिवेशनअन्तर्गत २० दिनमा ३१ पटक बसेको बैठकको कारबाही १७ घण्टा १८ मिनेट सञ्चालन भएको थियो ।
प्रदेशसभाको एक पद रिक्त
सातौँ अधिवेशनको अन्त्य हुने अघिल्लो दिन सोमबार बसेको प्रदेशसभाको बैठकमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य झपटबहादुर बोहराको पद रिक्त भएको विषय जानकारी दिइएको थियो । सभामुख थापाले नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्य बोहराले दल त्याग गरेकोसम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा दर्ता भएअनुसार नेपालको संविधानको धारा १८० तथा राजनीतिक दलसम्बन्धी ऐन र सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०७४ बमोजिम उहाँको प्रदेशसभा सदस्य पद रिक्त भएको जानकारी दिएका थिए ।
नेकपा माओवादी केन्द्रकोतर्फबाट अछामको निर्वाचन क्षेत्र १ को ‘ख’ बाट निर्वाचित बोहराले दल त्याग गरेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । बोहरा हालै नेकपा (एमाले)मा प्रवेश गरेका थिए । नेकपा (एमाले)मा प्रवेश गरेसँगै प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका बोहराले मन्त्री पदबाट राजीनामासमेत दिएका थिए ।
सङ्घीय लोकतान्त्रिक व्यवस्थापछि गठन भएको सुदूरपश्चिम प्रदेशसभामा दल त्याग गरेर प्रदेशसभा सदस्यको पद रिक्त भएको यो पहिलो घटना हो । देशका अन्य कतिपय प्रदेशसभामा र सङ्घीय संसद्मा सरकारले ‘विजनेश’ नदिएको टीका टिप्पणी भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने यस्तो अवस्था देखिएन । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभाका एक जनाको पद रिक्त भएसँगै ५२ प्रदेशसभा सदस्यमा सीमित भएको छ । यसमध्ये नेकपा माओवादी केन्द्र अब १३ जनामा सीमित रहेको छ । नेकपा एमालेका २५, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना प्रदेशसभा सदस्य रहेका छन् । रासस
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_7Xm3TNg2tu_aehuqm0cm84umaybqfwbt9aq91kmx9o6ag6dc4fq5wntvyct0mxyyuy4e2vh.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया