काठमाडौँ महानगरअन्तर्गतका विद्यालय बैशाखभर वैकल्पिक माध्यमबाट चल्ने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगर अन्तर्गतका विद्यालयमा बैशाख मसान्तसम्म भौतिक कक्षा सञ्चालन नगरी बैकल्पिक माध्यमबाट सञ्चालन गर्न निर्देशन जारी गरेको छ । महानगरका शिक्षा अधिकारी रामप्रसाद अधिकारीले ५ बुँदे निर्देशन जारी गर्दै भौतिक कक्षा सञ्चालन नगर्न भनेका हुन् ।
पछिल्ला दिनहरुमा कोभिड-१९ को संक्रमण बढ्नै क्रममा रहेको र विशेषतः विद्यालय उमेर समूहका बालबालिकाहरुमा संक्रमण फैलन सक्ने देखिएको भन्दै त्यस्तो गर्न निर्देशन जारी गरिएको उल्लेख छ ।
निर्देशनमा विद्यालय तथा अभिभावकहरूले आफना बालबालिकालाई बैकल्पिक माध्यमबाट सञ्चालन हुने कक्षामा सहभागी हुन आवश्यक व्यवस्था मिलाइ सहजीकरण गर्न अनुरोध गरिएको छ ।
विद्यालयका पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्दा गराउँदा २५ जना भन्दा बढी विद्यार्थीहरु एकै पटक भेट नहुने गरी व्यवस्था मिलाउन पनि निर्देशनमा भनिएको छ । विद्यालय प्रशासन नियमितरुपमा सन्चालन गर्न र व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरूले नियमित अनुगमन गर्न निर्देशनमा भनिएको छ ।

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

राशिफलमा यस्तो आज तपाईंको भाग्य

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

प्रतिक्रिया