शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

अवैध भरुवा बन्दुकसहित १ जना पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय बाजुराले अबैध हतियार भरुवा बन्दुक सहित बिहिवार एकजनालाई पक्राउ गरेको छ । बाजुराको त्रिबेणी नगरपालिका ७ कोट्ट्यारी बस्ने बर्ष ४५ को नया लुहार मिजारलाई अबैध हतियार भरुवा बन्दुक र त्यसमा लाग्ने सामाग्री सहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मिजारले आफ्नो घर भित्र भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले घरमा लुकाई छिपाई राखेको अबस्थामा भरुवा बन्दुक १ थान, बारुद आधा तोला, छर्राको रुपमा प्रयोग गरिने ढुङ्गाका टुक्रा १० गोटा सहित मिजारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य बहादुर थापाले बताए ।