बिहीबार २६ असार, २०८२
Thursday, July 10, 2025

काठमाडौँ उपत्यकामा स्वास्थ्य मापदण्ड लागू गरिने

काठमाडौं : काठमाडौं जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले सरकारले जारी गरेको आदेशलाइ कडा रूपमा कार्यान्वयन गराउने भएको छ । मंगलबार बसेको समिति बैठकले कोभिड-१९ नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशलाई प्रभावकारी र कडा रूपमा कार्यान्वयन गराउने निर्णय गरेको हो ।

सरकारले जारी गरेको आदेश कार्यान्वयन भए नभएको अनुगमन गर्न उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयले अनुगमन टोली बनाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै कोभिड-१९ न्यूनिकरण गर्न आवश्यक अन्तक्रिया, छलफल र जनचेतनामूलक कार्यक्रम गरिने उनले बताए । सरकारले सोमबार  ‘नयाँ भेरियन्ट सहितको कोभिड-१९ महामारी नियन्त्रण रोकथाम आदेश’ जारी गरेको थियो ।