वीर अस्पतालमा छानबिन समिति गठन, बिरामीको निःशुल्क उपचारबारे प्रतिवेदनले निर्णय गर्ने

काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले छानबिन समिति गठन गरेको छ । मिर्गौला प्रत्यारोपणका लागि दाताको शरीरबाट मिर्गौला झिकिसकेपछि चिकित्सकले प्रत्यारोपण नगरी छाडेर हिँडेको घटनामा अस्पतालले छानबिन समिति गठन गरेको हो ।
मंगलबार भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको अस्पतालका निमित्त निर्देशक प्राडा भूपेन्द्रकुमार बस्नेतले इकागजलाई जानकारी दिए । प्रत्यारोपण गर्न दाताको शरीरबाट झिकिएको मिर्गौला बिरामीको शरीरमा प्रत्यारोपण नगरी शल्यक्रियामा सहभागी डाक्टर हिँडेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो ।
छानबिन समितिमा अस्पतालका सिनियर सर्जन डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा मेडिसिन विभागका प्रमुख डा. अशेष ढुंगाना, रेडियोलजी विभागका प्रमुख डा. सरोज शर्मा, सिटिभिएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा.ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का रहेका छन् ।
समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न २ साताको समय दिइएको छ । ‘मिर्गौला प्रत्यारोपणका क्रममा गल्ती गरेको, दाताको मिर्गौला झिकेर चिकित्सकले छाडेर हिँडेको भन्दै हामीलाई बिरामीका आफन्तले उजुरी गर्नुभएको छ । हामीले पनि छानबिन समिति गठन गरेका छौँ, अब के कहाँ गल्ती भएको भन्ने कुरा छानबिन प्रतिवेदनपछि थाहा हुन्छ‚’ उनले भने, 'बिरामीले लगाएका कतिपय आरोपहरू गलत पनि छन् । बिरामीको उपचार निःशुल्क गर्ने या नगर्ने भन्ने कुरा प्रतिवेदनले गरेको निर्णयअनुसार हुन्छ ।'
अस्पतालका प्रत्यारोपण सर्जन डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठले धादिङकी ३२ वर्षीया महिलाको गत मंगलबार मिर्गौला प्रत्यारोपणको तयारी गरेका थिए । उनलाई सासुले मिर्गौला दिन लागेकी थिइन् । उनकी ५८ वर्षीया सासुको सबै परीक्षण गरियो र मिर्गौला निकालिएको थियो ।
तर, मिर्गौला झिकेपछि भने बिरामीलाई मिर्गौला प्रत्यारोपण गर्न नमिल्ने भन्दै प्रत्यारोपणमा संलग्न सर्जनद्वय नेपाल र श्रेष्ठ बिरामी तथा बिरामीका आफन्तलाई कुनै जानकारी नै नदिई हिँडेका थिए । चिकित्सकले छोडेर गएपछि बिरामीका आफन्तहरू निर्देशक बस्नेतको कक्षमा पुगेका थिए ।
र याे पनि
वीरमा प्रत्यारोपणका लागि निकालिएको मिर्गौला अयोग्य, अस्पतालमा तनाव

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया