साँफेबगर-मार्तडी जोड्ने सडक मर्मत कार्य अन्तिम चरणमा

कैलाली । करिब साढे तीन महिनादेखि अवरुद्ध अछामको साँफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडी जोड्ने सडकको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन साँफेबगर अछामका डिभिजन प्रमुख विवसबाबु सदादेवले बाजुराको बुढीगंगा नगरपालिका अन्तर्गत पर्ने सडक खण्डको मर्मत कार्य अन्तिम चरणमा पुगेको बताए ।
उनले गत असारको मध्यतिर आएको पानीका कारण सडक भास्सिँदा आवातजावत अवरुद्ध भएको बताए । करिब ८ सय मिटर सडकको मर्मत थालिएकोमा भोलिदेखि साना सवारीसाधन सञ्चालनमा आउने बताउँदै डिभिजन प्रमुख सदादेवले २/३ दिनभित्रै सडक पूर्ण रुपमा सञ्चालनमा आउने बताए । सडक अवरुद्ध हुँदा बाजुरामा खाद्यान्न, औषधि लगायतका अत्यावश्यक वस्तुको अभाव भएको थियो ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया