धनगढीका १ सय ४० जेष्ठ नागरिक मुक्तिनाथ धार्मिक यात्रामा

कैलाली । धनगढी उपमहानगरपालिका भित्रका जेष्ठ नागरिकहरु मुक्तिनाथ धार्मिक यात्रामा निस्केका छन् । धार्मिक यात्रामा जाने जेष्ठ नागरिकहरुलाई धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले आज बिदाई गरेका छन् ।
उपमहानगरपालिकाका ६८ देखि ९२ वर्षसम्मका १४० जनालाई पहिलो चरणमा धार्मिक टुरमा पठाइएको नगर प्रमुख हमालले बताए । उनले धार्मिक यात्रामा उपमहानगरपालिकामा कार्यरत केही कर्मचारीहरुलाई समेत समावेश गरिएको बताउँदै जागिरको सिलसिलामा सेवा निवृत्त हुन लागेका केही कर्मचारी समेतलाई धार्मिक यात्रामा समाबेश गरिएको बताए ।
नगढी स्थित लक्ष्मीनारायण मन्दिरले यात्राको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी मिलाएको बताउदै मेयर हमालले यात्राको दौरान स्वास्थ्यमा समस्या आए त्यसको समाधानका लागि उपमहानगरपालिकामा कार्यरत स्वास्थ्य शाखाबाट समेत स्वास्थ्यकर्मी समावेश गराइएको बताए । बिदाई कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर, धार्मिक यात्रामा जान लागेका आफन्तहरुको सहभागिता रहेको थियो ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_tKZ06xU1b4_8ggal0x6qnqvdtom9gyhfdbddnkdi2snnede5m34nzjebsddpoj2o3slxdry.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया