लगानी बोर्डले दियो भारतीय कम्पनी एनएचपीसीलाई पश्चिम सेतीको लाइसेन्स

काठमाडौंँ - भारतीय कम्पनीले पश्चिम सेती जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र (लाइसेन्स) पाएको छ। लगानी बोर्ड नेपालले बिहीबार भारतीय सरकारी कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) ले ७५० मेगावाटको पश्चिम सेतीका लागि लाइसेन्सको आवेदन दिएको हो।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले एनएचपीसीका नायव महाप्रवन्धक अशोक कुमार जोशीलाई अनुमति पत्र हस्तान्तरण गरेका हुन् ।
लगानी बोर्डबाट लाइसेन्स पाएसँगै एनएचपिसीले आयोजनाबाट आर्थिक लाभ भए नभएको, आयोजना निर्माण गर्दा लाग्ने लागत, वातावरणीय प्रभाव मूल्यांकन, आयोजनामा अधिकतम विद्युत् उत्पादन हुन सक्ने सम्भावना लगायतका विभिन्न विषयमा २ वर्ष लगाएर अध्ययन गर्नेछ । एनएचपीसीले गत असोज ११ गते अनुमतिपत्रका लागि आवेदन दिएको थियो।
गत जेठ २३ गते बसेको लगानी बोर्डको ५१ औं बैठकले पश्चिम सेती निर्माणको जिम्मा एनएचपीसीलाई दिने निर्णय गरेको थियो भने गत जेठ २ गते एनएचपीसी र लगानी बोर्डबीच सर्वेक्षण अनुमति पत्र जारी गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया