‘कोभिसिल्ड’ लगाउनेले किन लगाउनु हुँदैन ‘भेरोसेल’

आजदेखि कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाइँदैछ । पहिलो डोजमा कोभिसिल्ड लगाएकाले आज त्यही खोपको निरन्तरता स्वरुप दोस्रो डोज लगाउँदै छन् । केही समयअघि चीनबाट आएको ‘भेरोसेल’को पहिलो डोज खोप पनि धेरैले लगाइसके । तर, कोभिसिल्ड लगाएकाले कोभिसिल्ड र भेरोसेल लगाएकाले भेरोसेल नै किन लगाउनु पर्छ भन्ने जिज्ञासा धेरैमा छ । किनभने, दुवै कोभिडविरुद्धका खोप भएकाले एउटा लगाएकाले अर्को किन लगाउन नहुने भन्ने पनि छ । कोभिसिल्ड र भेरोसेल दुबै खोपको काम र उद्देश्य एउटै हो । दुवैले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने हो । तर, फरक-फरक कम्पनीले बनाएको हुनाले यी खोप फरक तरिकाले बनाइएको हुन्छ ।
फरक तरिकाबाट बनेका भ्याक्सिन अर्थात् मिस्क भ्याक्सिन लगाउने वा नलगाउने भन्ने विषयमा विश्वका वैज्ञानिकहरू बीचमा पनि छलफल चलिरहेको छ । मिक्स लगाउँदा झनै प्रभावकारी हुन्छ भन्ने कुराहरू पनि आइरहेका छन् । लगाउनु हुँदैन भन्नेहरू पनि छन् । यससम्बन्धि कुनै आधिकारिक जानकारी तथा तथ्यांक नआएको हुनाले अहिलेलाई पहिलो डोज जुन लगाएको छ, त्यही नै लगाउनुपर्छ भन्ने हो । यूकेमा मिक्स भ्याक्सिन लगाउन ट्रायल चलिरहेको छ ।
तर, फरक खालको भ्याक्सिन लगाउँदा कस्तो नतिजा देखिन्छ भनेर भन्न सक्ने अवस्था छैन । त्यसको प्रभावकारिता कस्तो हुन्छ थाहा भइसकेको छैन । मिक्स भ्याक्सिनको अनुसन्धान जारी छ । त्यसैले अहिलेलाई पहिलो डोज जुन लगाएको हो त्यही लगाउनु उपयुक्त हुन्छ । कोभिसिल्ड लगाएका केही व्यक्तिले विदेश जानुपर्ने छ भेरोसेल लगाउँदा के हुन्छ भनेर सोधेका थिए । तर, तत्कालैलाई हामीले एउटा खोप लगाएकाले अर्को खोप नलगाउन भनेका छाैँ ।
पहिलो डोजमात्रै लगाएर दोस्रो डोज नलगाउँदा के हुन्छ ?
यससम्बन्धि पनि कुनै आधिकारिक तथ्यांक छैन । तर, पहिलो डोज लगाएर दोस्रो डोज नलगाउँदा लामो समयसम्म एन्टीबडी स्थिर नरहन सक्छ । दुइटा डोज लगायो भने लामो समयसम्म शरीरमा एन्टिबडीको लेभल रहिरहन्छ । म्यानिफ्याक्चर कम्पनी र वैज्ञानिकहरूका अनुसार पनि दुबै डोज लगाउँदा लामो समयसम्म एन्टिबडी रहन्छ भन्ने छ । तर, कति लामो समय भन्नेचाहि अहिलेसम्म थाहा भइसकेको छैन ।
अहिले भ्याक्सिन लगाएकाहरूलाई पनि कोभिड देखिइरहको छ । भ्याक्सिन लगाउने बित्तिकै ढुक्क हुने अवस्था छैन । यो हामीले पहिलादेखि नै भन्दै आएको कुरा हो । भ्याक्सिन लगाएका सय जनामा सयलाई नै राम्रो हुन्छ भन्ने छैन । कोभिड मात्रै नभएर हामीले लगाउने इन्फ्लुएन्जा भ्याक्सिनको प्रभावकारिता पनि ४० देखि ६० प्रतिशतभन्दा बढी हुँदैन ।
तर, खोप लगाउनु र नलगाउनुमा धेरै ठूलो फरक छ । खोप लगाएको व्यक्तिमा जटिल अवस्था आए पनि ज्यान जानेसम्मको स्थिती आउँदैन । खोपले मृत्युदरलाई ठूलो संख्यामा घटाउन मद्दत गरेको छ । भ्याक्सिनको पुरै डोज लगाएकालाई पनि कोभिड देखिन सक्छ । तर, यसले मृत्यु हुनेको संख्यालाई भने निकै कम गर्छ ।
(सरुवा रोग विशेषज्ञ डा. पुनसँगकाे कुराकानीमा आधारित ।)

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

प्रतिक्रिया