शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

सहकारीको एम्बुलेन्सबाट अवैध कारोबार, पटाकासहित नियन्त्रणमा

जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरधामबाट सहकारी संस्थाद्वारा सञ्चालित एक एम्बुलेन्सबाट भन्सार छली गरी ल्याइएको पटाका नियन्त्रणमा लिएको छ । बिहीवार बिहान ४ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका १७ कटरैतमा श्री माई भ्याली बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित मे १ च ३५० नम्बरको एम्बुलेन्सबाट भारतबाट भन्सार छली गरी ल्याइएको अवैध पटाकाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहीबार एकाबिहानै कटरैतमा स्थानीयबीच विवाद भइरहेको रहेको खबर आएपछि तत्काल घटनास्थलमा प्रहरी जाँदा भारतको जयनगरबाट जनकपुरधामतर्फ भन्सार छली गरी किरानाजन्य सामानसँगै पटाकासमेत चोरी पैठारी गरी सामान ल्याइरहेको देखिएपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन्।