कस्तो रह्यो अमेरिकन आइडलमा आर्थर गनको कमब्याक प्रस्तुति ?
काठमाडौं : अमेरिकन आइडलमा दोस्रो मौका पाएका आर्थर गन अर्थात दिबेश पोखरेलले सोमबार साँझ आइडलको स्टेजमा गीत प्रस्तुत गर्ने कार्यतालिका थियो । सोही कार्यतालिका अनुसार उनले सोमबार गो गो डल्सको ‘आइरिस’ बोलको गीत गाए । कालो सर्ट र कालो पेन्टमा ग्रे कलरको ज्याकेट लगाएका उनले सदाझैं सोमबार पनि निर्णायक लोभ्याउने प्रस्तुति दिए ।
आर्थरको प्रस्तुतिपछि सबैभन्दा पहिला प्रतिक्रिया दिएका लियोनल रिचीले गीत गाउने खुबीसँगै गायकमा स्टाइल हुन जरुरी रहेको बताए । दिबेशको गायन आफ्ना लागि ‘राइट कर्ड स्ट्राइक’ गरेझैं महसुस भएको बताउँदै उनले दिबेशको आवाजमा नयाँ, पुरानो वा दुवैको मिश्रण के छ पत्ता लगाउन मुस्किल भए पनि दिबेश सच्चा कलाकार भएको प्रतिक्रिया दिएका थिए ।
उता केटी पेरीले भने दिबेशलाई अराजकतावादीको नाम दिएकी थिइन् । ‘आर्थर तिमी आफ्नै बाटो हिँडिराख । तिमी अराकतावादी जस्तै हो ’ उनले भनेकी थिइन् ।
ब्रायनले पनि दिबेशको खुलेर प्रशंसा गरे । ब्रायनले दिबेशमा उतिसारो जोड नगरी पनि दर्शकको ध्यान खिच्न सक्ने क्षमता रहेको बताए ।
‘यत्तिकै हिँड्दा मात्र पनि तिमीले धेरै कुरा भनिरहे जस्तो लाग्छ । यो स्टेजमा तिम्रो आवाज सुन्न मजा लाग्छ, हेर्न मजा लाग्छ,’ उनको टिप्पणी थियो । दिबेशले अघिल्लो सिजनमा कन्ट्री म्युजिक गाएर निर्णायक तथा दर्शकको मन जितेका थिए । फर्कंदा भने उनले स्लो रक शैलीको गीत गाएका थिए ।
अमेरिकन आइडलले कोभिड १९ का कारण पर्याप्त स्टेज नपाएका र रेकर्ड लेबल नपाएका गायकलाई दोहो¥याएर मौका दिने अभिप्रायले यो सिजनमा बोलाएको थियो । आर्थर यसरी मौका पाउने १० जना भित्र परेका हुन् । यसरी छानिएका १० जनाले पालैसँग प्रस्तुति दिनेछन् र उनीहरूको प्रस्तुतिका आधारमा दर्शकले भोट दिनेछन् ।
दर्शकले भोटिङ गर्ने समयसीमा यही अप्रिलको २६ तारिखसम्मलाई निर्धारित गरिएको छ । १० जना मध्येबाट सर्वाधिक भोट पाउनेले यो संस्करणका टपटेनसँग प्रतिस्पर्धा गर्न पाउनेछन् । यसको परिणाम मे २ मा सार्वजनिक गरिने आइडलले जनाएको छ । अघिल्लो सिजनमा भने दिबेश उपविजेतामा सिमित भएका थिए । अन्तिम प्रतिस्पर्धामा दिबेशलाई न्युयोर्ककी गायिका जस्ट सामले पछि पारेकी थिइन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया