महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

काठमाडौँ- 'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले बिशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुको लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत कार्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरुले लकर सेवाको बार्षिक शुल्क (प्रथम वर्ष)मा शत प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका दरबारमार्ग, पुतलीसडक, न्युरोड (काठमाडौं), भैरहवा र न्युरोड (कास्की) शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको छ । हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको खाता खोलिएको क्रम र ग्राहकको आवश्यकता अनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।
यस योजना अन्तर्गत खोलिने महा बचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै बचत खाताहरू मध्येकै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ लगायतका अन्य सुविधाहरु रहेका छन् ।
विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै लकर योजना सञ्चालनमा ल्याएको हो ।
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_knddVgjGFG_nbxolzmgmkvq10sw2ufxgrd7jijv6zxhxqawdqobpbpwg5dtwwrpjyffjmtu.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

प्रतिक्रिया