१२ अंकले घट्यो नेप्से, ३ कम्पनीमा सर्किट ब्रेकर

काठमाडौँ - साताको चौथो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार, नेप्से परिसूचक १२.८१ अंकले घटेर १८४५.५१ अंक विन्दुमा आइपुगेको छ । सोमबार सामान्य अंकले घटेको बजार मंगलबार बन्द रहेको बजार बुधबार पुन: घटेको हो ।
आज २१ लाख ५१ हजारको कित्ता सेयर ६४ करोड ३६ लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, उप-समूहतर्फ होटल एण्ड टुरिजम र म्युचुअल फण्ड बाहेक सबै कम्पनीहरूमा राताम्मे देखिएको छ । आज २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, अभियान लघुवित्तको सेयरमा १० प्रतिशत, सयपत्री हाइड्रोपावर ९.९९ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड–२ मा ९.९४ प्रतिशतको सर्किट लागेको छ । आज सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ७२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यसैगरि, नबिल बैंकको २ करोड ४१ लाख, रिदि पावरको २ करोड ३३ लाख, हिमालयन डिस्टिलरीको १ करोड ८६ लाख र एनआईसी एशिया बैंक १ करोड ४४ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया