बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

चौथो संस्करणका कतारी रियाल नोट वैशाख २७ भित्रै साट्न आग्रह

काठमाडौँ : नेपाल राष्ट्र बैंकले चौथो संस्करणका कतारी रियाल नोट असार १७ देखि (जुलाइ १) देखि चलनचल्तीबाट हटाउने भएको छ । केन्द्रीय बैंकले सूचना जारी गरी यदि कसैसँग उक्त संस्करणका नोट भए वैशाख २७ भित्र नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विभाग वा बैंकिङ्ग कारोबार गर्ने राष्ट्र बैंकका प्रदेश कार्यालयहरू सटही लिन आग्रह गरिएको छ । राष्ट्र बैंकका अतिरिक्त बैंक तथा वित्तीय संस्था र इजाजतप्राप्त मनीचेन्जरहरूबाट समेत सटही सुविधा लिन राष्ट्र बैंकले आग्रह गरेको छ । 

नेपालीहरूको एउटा प्रमुख श्रम गन्तव्यको रूपमा रहेको कतारको मुद्रा वैदेशिक रोजगारीमा गएका नेपाली परिवारहरूसँग समेत हुन सक्ने भएकाले उक्त संस्करणको कतारी मुद्रा तोकिएको समयभित्र साट्न राष्ट्र बैंकले आग्रह गरेको हो ।