मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

एनआरएनले पुनर्निर्माण गरेको लाप्राक बस्ती वैशाख ९ मा हस्तान्तरण हुने

काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनर्निर्माण गरेको गोरखा जिल्लाको लाप्राक नमुना बस्ती वैशाख ९ गते हस्तान्तरण हुने भएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले एनआरएनले गरेको ठूलो परोपकारी काममध्ये लाप्राक वस्ती पुनर्निर्माण प्रमुख भएको बताए ।  '२०७२ साल वैशाख १२ गतेको विध्वंशकारी महाभूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको पहलमा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको छ,' उनले भने, 'अब सम्पूर्ण प्रक्रिया पूरा गरेर वैशाख ९ गते जग्गा धनी पूर्जासहित लाभग्राहीहरुलाई हस्तान्तरण गर्दैछौं ।'

बस्ती हस्तान्तरणका लागि धार्चे गाउँपालिका वडा नम्बर ४  र नेपाल सरकारबाट समेत अनुमति प्राप्त भइसकेको पन्तले बताए । एनआरएनएले ५७ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको लागतमा निर्माण गरेको हो । सो बस्तीको लागि एनआरएनएले विश्वभरका गैर आवासीय नेपालीसँग आर्थिक सहयोग संकलन गरेको थियो ।