धितोपत्र बोर्ड र आइक्यानबीच एनएफआरएस कार्यान्वयन गर्ने सहमति

काठमाडौँ : नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बीच सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि समझदारीपत्र तथा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। बोर्ड अध्यक्ष ढुंगानाले धितोपत्र बजार, धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्थाको वित्तीय विवरणको ढाँचा तयार गर्दै नेपाल वित्तीय प्रतिवेदनमान प्रणाली (एनएफआरएस) कार्यान्वयनमा सहजीकरण गर्न, सूचीकृत कम्पनीहरूको सूचना तथा विवरण प्रवाहमा पूर्णता तथा विश्वसनियता अभिवृद्धि गर्दै लगानीकर्ताहरूलाई पूर्ण सूचना प्रवाह गर्न सहयोग पुर्याउने लगायतका विषयहरूमा आवश्यक प्राविधिक सहयोग तथा परामर्श आदान प्रदान गर्न यो सम्झौता महत्वपूर्ण भएको बताए ।
उक्त सम्झौता पत्रमा बोर्डका तर्फबाट अध्यक्ष भिष्म राज ढुंगाना र आइक्यान का अध्यक्ष मदन कृष्ण शर्माले हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर गर्दै आइक्यानका अध्यक्ष शर्माले पछिल्लो समय बोर्डले आफ्नो क्षमता अभिवृद्धि गर्दै नियामकिय दायित्व निर्वाह गर्ने क्रममा सक्रिय रहन थालेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा बोर्डसँग आवश्यकता अनुसार सूचना तथा जानकारी आदान प्रदान गर्न तथा प्राविधिक सहयोगका लागि आइक्यान प्रतिबद्ध रहेको उल्लेख गरे । धितोपत्र बोर्ड तथा आइक्यानका उच्च पदाधिकारीहरूको समेत उपस्थितिमा भएको उक्त सम्झौताले आगामी दिनमा सुचीकृत संगठित संस्था, धितोपत्र व्यवसायी तथा धितोपत्र बजारका वित्तीय विवरण, सूचना तथा गतिविधिहरू थप पारदर्शी भै समग्रमा पूँजी बजार स्वच्छ, निष्पक्ष एवं पारदर्शी हुने बोर्डले जनाएको छ ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया