महिला क्रिकेटः पुलिसलाई डेब्युमै 'गोल्ड'

पोखरा- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । मंगलबार पोखरास्थित क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ५ रनले पराजित गर्दै पुलिसले डेब्यु प्रतियोगितामै स्वर्ण जितेको हो । पुलिसले पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो ।
पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८४ रनमात्र जोड्न सक्यो । एपीएफका लागि रोमा थापाले १९ बलमा सर्वाधिक २६ रन जोडिन् । रोमा रन आउट भएपछि खेलमा पुलिस हावी भएको थियो ।
पुलिसका लागि इश्वरी विष्टले सर्वाधिक २ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, संगीता राई र हिरनमायी रोयले एक-एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन जोड्यो । पुलिसका लागि काजल श्रेष्ठले सर्वाधिक २७ तथा सम्झना खड्काले २१ रनको योगदान गरे ।
एपीएफकी नेरी थापा, इन्दु बर्मा र सिता राना मगरले एक-एक विकेट हात पारे ।
'ठूलो टिमलाई ठूलै टिमले हराएर प्रतियोगिता जितेको हो । खेलाडीहरुले स्वर्ण नै जित्छन् भन्ने विश्वास थियो,' पुलिसका प्रशिक्षक मन्जित श्रेष्ठले प्रतिक्रिया दिए । मन्जितका अनुसार बलियो बलिङका कारण पुलिसले एपीएफविरुद्ध जित हात पारेको हो । 'टार्गेट कम दिएपनि बलिङ राम्रो भयो ।'
पुलिसकी कप्तान रुविना क्षेत्रीले पुलिसले क्लब निर्माण गरेपछि टिममाथि एकदमै दवाव रहेको बताइन् । तर युवा खेलाडी भएपनि कडा तयारी गरिएको र टिममाथि विश्वास रहेको उनले थपिन् ।
'दशैलाई विर्सेर तयारी गरिएको थियो । अहिले स्वर्ण जित्दा त्यो सबै दुखलाई विर्साएको छ,' रुविनाले बताइन् । तर रुविनाले एपीएफलाई दिएको लक्ष्य भने पर्याप्त नभएको दावी गरिन् ।
'तर बलिङ हाम्रो एकदमै बलियो हो । र त्यो देखियो पनि,' रुविनाले बताइन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_HHGu5obGMf_lhdyk8yquo2k84kg4bvzekhckucwuf6yscelipw0zyoq4dsmxfoonjnh60yd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया