थप ४६ जनामा कोभिड सङ्क्रमण

काठमाडौँ- पछिल्लो २४ घन्टामा ४६ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ८७ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोभिड सङ्क्रमितको कूल सङ्ख्या १० लाख एक सय ९१ पुगेको छ । आज १७ जना कोभिड सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । अहिलेसम्म नौ लाख ८७ हजार चार सय ६१ जना सङ्क्रमण मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ११ छ । हालसम्म कोभिड सङ्क्रमणबाट १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।
आज २३ हजार नौ सय ७२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले खोपको अतिरिक्त मात्रा लगाएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया